अपर तामाकोशीको लिलामी सेयर नपरेकाको पैसा आजबाट फिर्ता « Khabarhub

अपर तामाकोशीको लिलामी सेयर नपरेकाको पैसा आजबाट फिर्ता


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अपर तामाकोशी हाइड्रोपावर कम्पनीको लिलामी सेयर बाँडफाँडपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए ।

आजदेखि लिलामीमा सेयर भर्दा नपरेको रकम फिर्ता हुँदै जानेछ।  बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैँक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन्। अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बौँ रकम जम्मा भएको छ।

यसैगरी, यसको कट अफ प्राइस १४७ रुपैयाँ आएको छ। यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो।

सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो। यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन्।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : १९ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५