सय दिनसम्म हलमा चलेको पहिलो हिन्दी फिल्म ‘आराधना’ « Khabarhub

सय दिनसम्म हलमा चलेको पहिलो हिन्दी फिल्म ‘आराधना’


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– बलिउडमा विगत केही दशकमा धेरै हिट फिल्म आएका छन् र यसले मानिसको मन जितेको छ । आज पनि धेरै फिल्महरू छन् जुन मानिसहरूले हेर्छन् र मन पराउँछन्।

यसको कारण थियो ती बलिउड स्टारहरू, जसले दर्शकमा यस्तो छवि बनाएका थिए कि मानिसहरूले उनीहरूलाई भगवान जस्तै मानेका थिए, मानिरहेका छन् ।

राजेश खन्ना पनि ती स्टार मध्ये एक थिए, जब उनको फिल्म रिलिज भयो, सिनेमा घरमा टिकट पाउन मुस्किल हुन्थ्यो र फिल्म हेर्नका लागि मानिसहरू धेरै दिन पर्खिन थाले ।

उनको एउटा चलचित्रले बक्स अफिसको सम्पूर्ण रेकर्ड ध्वस्त पारेको थियो । फिल्म लगातार सय दिनसम्म हलमा चलेको थियो, यो त्यही फिल्म हो, जो पहिलो पटक सिनेमा हलमा १०० दिनसम्म लगातार चलिरहेको थियो ।

यस फिल्मको नाम ‘आराधना’ थियो र यसमा राजेश खन्नासँग दिग्गज अभिनेत्री शर्मिला टैगोर देखिएकी थिइन् । यो फिल्म रिलिजको लगत्तै हिट भयो । फिल्म केही समयमै ब्लकबस्टर साबित भयो। यो फिल्म १९४६ को ‘आई कम टु इच माई ओन’मा आधारित थियो।

राजेश खन्नाका फ्यानहरू बाहेक अन्य मानिसहरूले पनि यो फिल्मलाई धेरै मन पराएका थिए । जसका कारण यो फिल्म थिएटरबाट हटेन । यो फिल्म तीन महिना भन्दा बढी समयसम्म एउटै हलहरूमा चल्यो। अर्थात् एउटै फिल्म सय दिनसम्म हलमा प्रदर्शन भइरहेको थियो ।

फिल्म एकदमै शानदार भएको र राजेश खन्ना र शर्मिला टैगोरको अभिनयले मानिसको मन जितेको हुनाले अवार्ड पाउने पक्का थियो । यी दुवै स्टारलाई यो फिल्मका लागि फिल्मफेयर अवार्ड दिइएको थियो भने फिल्मले अन्य अवार्ड पनि जितेको थियो ।

फिल्मको एउटा गीत पनि सुपरहिट भयो, जसको शब्द थियो, ‘मेरे सपना की रानी कब आयेगी तू… ।’

यो फिल्म यति हिट भयो कि यसलाई तेलुगुमा रिमेक गरियो । यो रिमेक पनि निकै हिट भयो। फिल्म केही महिना नभई झण्डै तीन वर्षसम्म देशभर प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ३६ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)