पाकिस्तानको प्रहरी चौकी आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु « Khabarhub

पाकिस्तानको प्रहरी चौकी आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।

पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौं आक्रमण भइसकेका छन् । 

‘चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए । खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले भने, ‘साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् ।’

उनले डेरा इस्माइल खान जिल्लाको चौधवान प्रहरी चौकीमा भएको आक्रमणमा अन्य चार सुरक्षाकर्मी घाइते भएको जानकारी दिए। 

खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा वर्षौँदेखि पाकिस्तानी तालिवान, इस्लामिक स्टेट र अन्य समूहले सरकार र सुरक्षा लक्ष्यमा आक्रमण गर्नुका साथै सर्वसाधारणलाई लक्षित गर्नेगरेका छन् । 

गण्डापुरको स्थानीय प्रशासनले एएफपीलाई बताएअनुसार आक्रमणकारीहरूले सोमबार बिहान आक्रमणको क्रममा केही समयका लागि प्रहरी चौकीलाई नियन्त्रणमा लिएका थिए । गत हप्ता पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा रहेको एक सरकारी भवन परिसरमा बलोच पृथकतावादी समूहले लुकिछिपी आक्रमण गरेपछि भएको घटनामा २४ जना लडाकु मारिएको सेनाले जनाएको थियो ।

आक्रमण र त्यसपछिको खोजी कारबाहीमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारणको मृत्यु भएको थियो । प्रतिबन्धित बलोच पृथकतावादी समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)ले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत हप्ता खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतदान हुने बताएको थियो । हिंसा भड्किएपछि सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरी निर्वाचन कार्यक्रम यथावत रहने बताएको थियो । 

मतदाताको सुरक्षाका लागि देशभर हजारौं सुरक्षाकर्मी परिचालन गरिने सरकारले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : १७ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२