‘गोर्खा वारियर’ लाई मेयर हर्क साम्पाङको साथ « Khabarhub

‘गोर्खा वारियर’ लाई मेयर हर्क साम्पाङको साथ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल भएको चलचित्र ‘गोर्खा वारियर’ लाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले साथ दिएका छन् ।

 पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा प्रवेश पाएको चलचित्रमा गोर्खालीको वीरताको गाथा समेटिएको छ । सोही कारण मेयर राईले यसको महत्वलाई बुझ्न भिडियोमार्फत आग्रह गरेका छन् ।

उनले आफूलाई कला र साहित्यलाई माया गर्ने व्यक्तिको रुपमा परिचय गराउँदै ‘गोर्खा वारियर’ ले ब्रिटिस गोर्खामा रहेर युद्ध लडेका बहादुर नेपालीको कथा चित्रण गर्ने बताए । 

‘यो चलचित्र अत्यन्त राम्रो बनेको छ भन्ने सुनेको छु । वीर गोर्खालीको गाथा र इतिहास बुझनका लागि यो चलचित्रलाई हेर्न म आग्रह गर्न चाहन्छु । म पनि समय मिलाएर हेर्दैछु, उनले भने ।

उनले नेपालमा अन्य विविध विषयमा चलचित्र बने पनि गोर्खालीको विषयमा पहिलोपटक बनेकाले निर्माण टिमलाई धन्यवाद दिए । मेयर राईले नेपाली चलचित्र प्रति देखाएको मायाले आफूसहित सम्पूर्ण टिमलाई हौसला मिलेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।

विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ४३ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि