रुरु जलविद्युत परियोजनाको नाफा घट्यो « Khabarhub

रुरु जलविद्युत परियोजनाको नाफा घट्यो


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  खुद नाफा गत वर्षको यसैअवधिमा भन्दा १.११ प्रतिशतले घटेको हो ।

कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।

कम्पनीको नाफा सामान्य घट्नुमा खुद नाफमा पनि मुख्य असर परेको हो । कम्पनीको विद्युत् बिक्री आम्दानी गत वर्षको यसै अवधिमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रुपैयाँ पुग्यो ।

साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ५२ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा