प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा अनुचित : ओली « Khabarhub

प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा अनुचित : ओली


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका हुन् ।

नेताहरूले प्रहरी मेरै अधीनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले विकृति सिर्जना गर्ने उनको भनाइ छ । ओलीले प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राखे । 

उनले संघीयताको कार्यान्वयनमा ध्यान नदिँदा अहिले प्रश्न उठिरहेको बताए । त्यस्तै उनले सङ्क्रमणकालीन न्यायसंगसम्बन्धीत विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे ।

अन्तराष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उनले बताए ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ३६ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२