भारतसंग इङल्याण्ड १०६ रनले पराजित « Khabarhub

भारतसंग इङल्याण्ड १०६ रनले पराजित


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ । भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एक दिन अघि नै १०६ रनले जितेको हो ।

इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३-३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एक एक विकेट लिएका थिए । 

यसअघि भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिंगमा २५५ रन बनाएर इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो ।

अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ ।       

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ३१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो