पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ « Khabarhub

पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको