भारतसँग सम्बन्ध चिसिएका बेला यही वर्ष २० लाख पर्यटक भित्र्याउने मालदिभ्सको लक्ष्य « Khabarhub

भारतसँग सम्बन्ध चिसिएका बेला यही वर्ष २० लाख पर्यटक भित्र्याउने मालदिभ्सको लक्ष्य


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मालदिभ्स र भारतबीचको सम्बन्धमा चिसोपन बढिरहेको छ । यस्तो अवस्थामा भारतमा घुम्नका लागि मालदिभ्स नजाने वा मालदिभ्सको पर्यटन क्षेत्रलाई वहिष्कार गर्ने अभियान नै चलिरहेको छ ।

मालदिभ्समा भारतीयहरु नै सबैभन्दा धेरै पर्यटकका रुपमा जाने गर्छन् । सन् २०२३ मा २ लाखभन्दा धेरै भारतीय पर्यटक मालदिभ्स भ्रमणमा गएका थिए । भारतमै मालदिभ्सलाई वहिष्कार गर्ने अभियान चलिरहेका बेला त्यहाँका राष्ट्रपति राष्ट्रपति मोहम्मद मुइज्जुले भने मुलुकको इतिहासमै पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने बताएका छन् ।

मुइज्जुले सोमबार बिहान संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त आफ्नो मुलुकले २० लाख पर्यटक भित्र्याउने बताएका हुन् ।

राष्ट्रपति मुइज्जुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारले वर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताए । मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टमा दुई हजार ८२७ बेड थपिने उनको भनाइ छ ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले बताए । माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख भन्दा बढी विदेशी पर्यटक आएका छन् ।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ५७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको