सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छ : ओली « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छ : ओली


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् । 

एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जानेक्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पारे । 

‘मस्यौदामा केही नमिलेका कुरा छन् । पीडितहरूले न्याय पाउने, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने र सर्वोच्च अदालतको फैसलासमेतलाई आधार मानेर सङ्क्रमणकालीन न्यायका विषयको टुङ्गो लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘मानवअधिकारको रक्षा र दण्डहीनतालाई प्रश्रय नहुने गरी कानुन बन्नुपर्नेमा हाम्रो जोड हो । ती कुरा मिलाएर पास गर्नुपर्छ भनेर हामीले कुरा राखिरहेका छौँ ।’

प्रदेश सरकारलाई बाँकी अधिकार दिनेसम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले प्रदेशले आफ्नो अधिकारको कुरा गर्दा स्थानीय तहलाई बिर्सिन नहुने धारणा राखे। उनले पाएका अधिकारको सही सदुपयोग गरेमा जनता आफैँले प्रदेशका अधिकारका कुरा उठाउने भन्दै त्यो विश्वास जगाउन प्रदेश सरकारले काम गर्न नसकेको पनि आरोप लगाए । 

त्यस्तै, अध्यक्ष ओलीले पूर्वराजाका गतिविधिलाई राजनीतिक पार्टी खोल्ने तयारीको पूर्वअभ्यासको रुपमा टिप्पणी गर्दै त्यसबारे कसैले चिन्ता गर्न जरुरी नरहेको धारणासमेत राखे ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : २७ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका