आरती साहको न्याय माग्दै प्रदर्शन गर्ने आफन्त पक्राउ « Khabarhub

आरती साहको न्याय माग्दै प्रदर्शन गर्ने आफन्त पक्राउ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका जनकपुरका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए । गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

 आरतीका आमा, बुवा र बहिनी विगत लामो समयदेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : १० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला