रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी | Khabarhub Khabarhub

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति तथा संस्थाविरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । सूर्यदर्शन सहकारीका पीडितहरुले रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतविरुद्ध उजुरी दिएका हुन् ।

उनीहरुले प्रहरीमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको छैन् छ । उजुरीका विषयमा केही अनुसन्धान गरेर दर्ता प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पीडितहरुले उजुरीका लागि उल्लेख गरेका संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : ०१ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले