कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ : राष्ट्रपति पौडेल « Khabarhub

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ : राष्ट्रपति पौडेल


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् । 

नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे। 

‘सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन्’, उनले भने, ‘कलाकार सृर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सृजनाले राष्ट्रको पहिचान स्थापित गर्नेगर्छ ।’

उनले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताए । 

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरे। नेपाली गीत–सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने स्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उनले बताए। 

सो समारोहमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले यो सम्मानबाट कला क्षेत्रलाई थप उत्पे्ररणा मिलेको बताए। उनले स्रष्टाहरुका नाममा राज्यले पनि पुरस्कार स्थापना गरेर नवप्रतिभा तथा राष्ट्रका समग्र प्रतिभालाई प्रेरणा प्रदान गर्नुपर्ने सुझाव दिए।  

अध्यक्ष बास्कोटाले स्रष्टाहरुका सृजनाको सुरक्षा हुन नसकेको तथा मुलुकका स्रष्टाले राम्रोसँग रोयल्टी पनि पाउन नसकेकाले यस विषयमा राम्रो कानुनको आवश्यकता रहेकामा पनि जोड दिए । 

सो समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ वाद्यवादक केशव सुनाम, वरिष्ठ गीतकार भुषण खरेल, वरिष्ठ गीतकार सुनिल थापा, वरिष्ठ परम्परागत वाद्यवादक धर्म मुनिकार, वरिष्ठ गायक सुदेश शर्मा, वरिष्ठ वाद्यवादक कुमार सिंह र सुवर्ण लिम्बू, वरिष्ठ गीतकार राम भट्टराई र वसन्त वित्यासी थापालाई प्रदान गरिएको थियो ।  

त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, सङ्गीतकार राजनराज शिवाकोटी, गायक शिशिर योगी र बानिका प्रधानलाई प्रदान गरिएको थियो ।  

त्यसैगरी, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गायक सञ्जय टुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशिविक्रम थापा, गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई तथा नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार लोकगायक अमृत खाती र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार शान्ति प्रिया र कृष्ण भट्टराईलाई प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : २१ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै