'एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ'  | Khabarhub Khabarhub

‘एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ’ 


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताएका छन् । 

नेकपा एमाले रूपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिए । 

नेता पौडेलले नेकपा एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गरे। 

उनले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरूका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए। 

नेता पौडेलले पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध सङ्गठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि स्पष्ट गरे। उनले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताए। 

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए। 

उनका अनुसार प्रशिक्षणमा पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूरूपन्देही जिल्लाबाट प्रदेश कमिटीमा रहेका एक सय ५० नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : ३१ बजे

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि