विपक्षी दलद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण « Khabarhub

विपक्षी दलद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज २४ बुँदा समेटेर मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।   

प्रदेश सरकारले गर्नुपर्ने सुधारका कामलगायत समेटिएको उक्त ध्यानाकर्षणपत्रमा प्रदेश सरकार गठबन्धनको मात्र नभई सबै जनताको अभिभावक बन्नुपर्ने, सुशासन र सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्ने, सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारी कामभन्दा पनि विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त हुँदा सरकारले आफ्नो काममा गति लिन नसकेलगायत कुरा उल्लेख छन् । 

त्यसैगरी, चालु आवको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ३९ प्रतिशतमात्र हुँदा त्यसको क्षमता वृद्धि गर्न, प्रदेश गौरव तथा रूपान्तरणकारी आयोजनाको कार्यान्वयनको अवस्था कमजोर देखिएकाले त्यस्ता योजनाका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने, गण्डकी प्रदेशलाई मित्रराष्ट्र भारत र चीनसँग जोड्ने कोरला–त्रिवेणी सडक द्रुत गतिमा निर्माण गर्नुपर्ने, चालु आवको पुस मसान्तसम्म जम्मा ३२ दशमलव ३२ प्रतिशत राजस्व सङ्कलन देखिनुले राजस्व तथा प्रदेशको आन्तरिक स्रोत र दायरा बढाउन सरकारको विशेष ध्यान दिनुपर्ने तथा योजना अनुगमन निर्देशिका तत्काल जारी गर्न माग गरिएको छ । 

यसैगरी ध्यानाकर्षणपत्रमा क्रमागत योजना र बहुवर्षीय योजनाका लागि बजेट सुनिश्चित गरेरमात्र नयाँ योजना प्रस्ताव गर्ने नीति लिनुपर्ने, प्रदेश गौरव तथा रूपान्तरणकारी आयोजनालाई मात्र प्राथमिकताका आधारमा बहुवर्षीय आयोजनाका रुपमा कार्यान्वयन गर्नुपर्ने, प्रदेशको आवधिक, मध्यकालीन खर्च संरचना र परियोजना बैंकका आधारमा मात्र योजना छनौट, बजेट विनियोजन र कार्यान्वयन गर्नुपर्ने, बजेटलाई आवश्यकता र जनमुखी बनाउन आर्थिक, सामाजिक, औद्योगिक, पूर्वाधार, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रगत रुपमा प्राथमिकीकरण गरी जिल्लागत र विकासगत सन्तुलन मिलाई आयोजनाका लागि बजेट सीमा तथा स्रोतको व्यवस्थापन गर्नुपर्नेलगायत कुरा ध्यानाकर्षणपत्रमा उल्लेख छ ।  

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ०० बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ