विपक्षी दलद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण « Khabarhub

विपक्षी दलद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज २४ बुँदा समेटेर मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।   

प्रदेश सरकारले गर्नुपर्ने सुधारका कामलगायत समेटिएको उक्त ध्यानाकर्षणपत्रमा प्रदेश सरकार गठबन्धनको मात्र नभई सबै जनताको अभिभावक बन्नुपर्ने, सुशासन र सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्ने, सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारी कामभन्दा पनि विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त हुँदा सरकारले आफ्नो काममा गति लिन नसकेलगायत कुरा उल्लेख छन् । 

त्यसैगरी, चालु आवको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ३९ प्रतिशतमात्र हुँदा त्यसको क्षमता वृद्धि गर्न, प्रदेश गौरव तथा रूपान्तरणकारी आयोजनाको कार्यान्वयनको अवस्था कमजोर देखिएकाले त्यस्ता योजनाका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने, गण्डकी प्रदेशलाई मित्रराष्ट्र भारत र चीनसँग जोड्ने कोरला–त्रिवेणी सडक द्रुत गतिमा निर्माण गर्नुपर्ने, चालु आवको पुस मसान्तसम्म जम्मा ३२ दशमलव ३२ प्रतिशत राजस्व सङ्कलन देखिनुले राजस्व तथा प्रदेशको आन्तरिक स्रोत र दायरा बढाउन सरकारको विशेष ध्यान दिनुपर्ने तथा योजना अनुगमन निर्देशिका तत्काल जारी गर्न माग गरिएको छ । 

यसैगरी ध्यानाकर्षणपत्रमा क्रमागत योजना र बहुवर्षीय योजनाका लागि बजेट सुनिश्चित गरेरमात्र नयाँ योजना प्रस्ताव गर्ने नीति लिनुपर्ने, प्रदेश गौरव तथा रूपान्तरणकारी आयोजनालाई मात्र प्राथमिकताका आधारमा बहुवर्षीय आयोजनाका रुपमा कार्यान्वयन गर्नुपर्ने, प्रदेशको आवधिक, मध्यकालीन खर्च संरचना र परियोजना बैंकका आधारमा मात्र योजना छनौट, बजेट विनियोजन र कार्यान्वयन गर्नुपर्ने, बजेटलाई आवश्यकता र जनमुखी बनाउन आर्थिक, सामाजिक, औद्योगिक, पूर्वाधार, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रगत रुपमा प्राथमिकीकरण गरी जिल्लागत र विकासगत सन्तुलन मिलाई आयोजनाका लागि बजेट सीमा तथा स्रोतको व्यवस्थापन गर्नुपर्नेलगायत कुरा ध्यानाकर्षणपत्रमा उल्लेख छ ।  

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ०० बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन