ठगीको आरोपमा सिरहाबाट प्रधानाध्यापक पक्राउ | Khabarhub Khabarhub

ठगीको आरोपमा सिरहाबाट प्रधानाध्यापक पक्राउ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

राजविराज – सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका–७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसाबराबरको निर्माण सामग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ३१ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक