लम्की चुहाका शिक्षा अधिकृतमाथि कालो मोसो दलियो « Khabarhub

लम्की चुहाका शिक्षा अधिकृतमाथि कालो मोसो दलियो


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ। लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो।

विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन्।

उनीमाथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेकोलगायतका आरोप लगाएका छन्।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : २१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६