‘डिभोर्सको हल्ला फैलाउनेलाई झापड’ « Khabarhub

‘डिभोर्सको हल्ला फैलाउनेलाई झापड’


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट अभिषेक बच्चन ४८ वर्षमा प्रवेश गरेका छन् । सामाजिक सञ्जालमा उनका साथी, सहकर्मी, निकट र समर्थकहरुले शुभकामना दिइरहेका छन् ।

उनकी पत्नी ऐश्वर्या राई बच्चनले भने सोमबार साँझ साढे ६ बजेपछि मात्रै सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिइन् ।

ऐश्वर्याले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना । साथै ईश्वरले खुशी, माया, शान्ति र सुस्वास्थ्य प्रदान गरुन् ।’

उनको यो शुभकामनाले धेरैलाई आश्चर्यमा पारेको छ । कारण हो– अभिषेक र ऐश्वर्याबीच डिभोर्सको चर्चा ।

एश्वर्याको पोस्टमा इन्स्टाग्राम प्रयोगकर्ता मेघा अमितले ढिला गरेर शुभकामना दिएको भन्ने आशयले प्रतिक्रिया दिएका छन्, ‘म्याडमलाई धेरै छिटो याद आएछ ।’

यो जोडीको डिभोर्स हुन लागेको चर्चा पछिल्लो समय उत्कर्षमा छ । मिडियाहरुको दाबीअनुसार उनीहरु सँगै समेत बस्दैनन् ।

यही चर्चाबीच ऐश्वर्याले शुभकामना दिएपछि भने समर्थकहरुले सम्बन्धमा सुधार आएको आशंका गरेका छन् । यसैलाई आधार बनाएर केहीले भने सम्बन्ध समधुर हुँदाहुँदै अनावश्यक हल्ला फैलाएको तर्क गरेका छन् ।

रुमप भण्डारीले प्रतिक्रिया दिएका छन्, ‘डिभोर्सको अनावश्यक हल्ला यही पोस्टले खत्तम पारिदियो ।’

त्यस्तै, हुमाइरा तानभिरले ऐश्वर्याको सो शुभकामना डिभोर्सको हल्ला फैलाउनका लागि झापडको भएको तर्क गरेकी छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार