‘डिभोर्सको हल्ला फैलाउनेलाई झापड’ | Khabarhub Khabarhub

‘डिभोर्सको हल्ला फैलाउनेलाई झापड’


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट अभिषेक बच्चन ४८ वर्षमा प्रवेश गरेका छन् । सामाजिक सञ्जालमा उनका साथी, सहकर्मी, निकट र समर्थकहरुले शुभकामना दिइरहेका छन् ।

उनकी पत्नी ऐश्वर्या राई बच्चनले भने सोमबार साँझ साढे ६ बजेपछि मात्रै सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिइन् ।

ऐश्वर्याले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना । साथै ईश्वरले खुशी, माया, शान्ति र सुस्वास्थ्य प्रदान गरुन् ।’

उनको यो शुभकामनाले धेरैलाई आश्चर्यमा पारेको छ । कारण हो– अभिषेक र ऐश्वर्याबीच डिभोर्सको चर्चा ।

एश्वर्याको पोस्टमा इन्स्टाग्राम प्रयोगकर्ता मेघा अमितले ढिला गरेर शुभकामना दिएको भन्ने आशयले प्रतिक्रिया दिएका छन्, ‘म्याडमलाई धेरै छिटो याद आएछ ।’

यो जोडीको डिभोर्स हुन लागेको चर्चा पछिल्लो समय उत्कर्षमा छ । मिडियाहरुको दाबीअनुसार उनीहरु सँगै समेत बस्दैनन् ।

यही चर्चाबीच ऐश्वर्याले शुभकामना दिएपछि भने समर्थकहरुले सम्बन्धमा सुधार आएको आशंका गरेका छन् । यसैलाई आधार बनाएर केहीले भने सम्बन्ध समधुर हुँदाहुँदै अनावश्यक हल्ला फैलाएको तर्क गरेका छन् ।

रुमप भण्डारीले प्रतिक्रिया दिएका छन्, ‘डिभोर्सको अनावश्यक हल्ला यही पोस्टले खत्तम पारिदियो ।’

त्यस्तै, हुमाइरा तानभिरले ऐश्वर्याको सो शुभकामना डिभोर्सको हल्ला फैलाउनका लागि झापडको भएको तर्क गरेकी छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : २८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग