जुम्लाको लुम नदीमा पक्की पुल निर्माण हुँदै « Khabarhub

जुम्लाको लुम नदीमा पक्की पुल निर्माण हुँदै


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकास्थित लुम नदीमाथि पक्की पुल निर्माण हुने भएको छ । यसअघि यहाँका स्थानीयबासी सो नदीमा बनेको काठेपुलबाट आवतजावत गर्ने गरेका थिए ।

कर्णाली प्रदेशको अर्थ मन्त्रालयबाट रु सात करोड १९ लाखको लागतमा पक्की पुल निर्माणको काम अगाडि बढेको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

प्रदेश सरकारसँग निरन्तर अनुरोध गरेपछि सो ठाउँमा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिका अध्यक्ष बोहोराले भने, “पहिले काठको पुल रहेको ठाउँमा पक्की पुल बन्ने भएपछि पातारासीका स्थनीयबासीलाई राहत हुनेछ ।”

उक्त काठको पुलबाट सवारी साधन चल्ने गरेका थियो । काठेपुल पटक–पटक भत्किएकाले आवतजावत गर्नका लागि सवारी साधनदेखि पालिकाका नागरिकलाई असहज हुने गरेको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको