दशगजा क्षेत्रका जीर्ण सीमा स्तम्भको मर्मत सम्भार सुरु | Khabarhub Khabarhub

दशगजा क्षेत्रका जीर्ण सीमा स्तम्भको मर्मत सम्भार सुरु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेखि मर्मत हुन नसक्दा जीर्ण बनेका थिए ।

मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ । नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गर्न थालिएका हुन् । पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए ।

“जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ”, उनले भने । पश्चिम नवलपरासीमा सुस्तादेखी पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्म ४१ किलोमिटर लामो सीमा छ ।

सुस्ताको १४ किमि क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । अहिले साढे २७ किमि क्षेत्रफलमा रहेका १३ मुख्य र तीन सहायक गरी १६ स्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ३१ बजे

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि