म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री « Khabarhub

म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गरेको आरोपमा ललितपुरको एक खाद्य उद्योग सिल गरिएको छ ।

अनुगमन टोलीले बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी बजारमा बिक्री वितरण गरेको पाएपछि महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।

गोप्य सुचनाको अधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले सोमबार उद्योगको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले म्याद गुज्रिएका विभिन्न खाद्य सामाग्री, मसताहरु, म्याद सकिने मिति मेटाउने स्प्रिट, लेभलिङ गर्ने मेसिन बरामद गरेको छ ।

साथै मिनाक्षी खाद्यउद्योगका संचालकलाई आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ४४ बजे

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि