ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतले गर्‍यो अस्वीकार « Khabarhub

ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतले गर्‍यो अस्वीकार


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ ।

अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाई सर्वोच्च अदालतले खारेज गरे पछि ट्रम्पले ठुलो राहत पाएका छन ।

न्यायाधीशहरूले  सर्वसम्मतिले डिसेम्बर १० मा कोलोराडोको उच्च अदालतले ट्रम्पलाई संविधानको १४ औं संशोधन अन्तर्गत मतपत्र नामावलीबाट निकाल्ने निर्णयलाई उल्टाएका हुन । जसमा व्यक्तिहरूले विद्रोहमा भाग लिएको खण्डमा सार्वजनिक पद धारण गर्न निषेध गर्ने खण्ड समावेश गरिएको  छ । 

ट्रम्पका आलोचकहरूले उनलाई २०२० को राष्ट्रपतिको चुनावलाई बिथोल्ने प्रयासमा जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणलाई उक्साएको र समर्थन गरेको आरोप लगाएका थिए ।

‘अमेरिकाको लागि ठूलो जीत’ सर्वोच्च अदालतको फैसलापछि पूर्वराष्ट्रपति ट्रम्ले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा लेखेका छन् । यस निर्णयले कोलोराडो, इलिनोइस, माइन र अन्य ठाउँमा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रयासहरू समाप्त भएको छ ।

संविधानको १४ औं संशोधनले मानिसहरूलाई राष्ट्रपति पदसहित अमेरिकी पद धारण गर्नबाट रोक्छ । यदि तिनीहरूले त्यसको विरुद्ध विद्रोह वा विद्रोहमा संलग्न छन, वा त्यसका शत्रुहरूलाई सहयोग वा सान्त्वना दिएका छन् भन्ने उल्लेख गरिएको छ । 

तर ६–३ को कन्जरभेटिभ बहुमत भएको सर्वोच्च अदालतले आफ्नो फैसलामा भनिदियो कि कांग्रेसले मात्र संघीय पदाधिकारी र उम्मेदवारहरू विरुद्ध प्रावधान लागू गर्न सक्छ।

हाल भइरहेको प्राइमरी निर्वाचनमा ट्रम्प रिपब्लिकन राष्ट्रपति पदको उम्मेदवारीमा अग्रपंक्तिमै रहेका छन् र कतिपय स्थानमा उनले ९८ प्रतिशतसम्म मत प्राप्त गर्न सफल भएका छन । जुन नतिजाहरूले आगामी नोभेम्बरमा बाइडेनविरुद्ध राष्ट्रपति निर्वाचनमा उनले राम्रै प्रतिस्पर्धा गर्ने देखिएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ४४ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित