चर्चामा संसारका महंगा बिहे | Khabarhub Khabarhub

चर्चामा संसारका महंगा बिहे


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वका धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्तको विवाहको कारण संसार तरङ्गित भएको छ। १२ जुलाइमा विवाहको मुख्य समारोह हुनेछ। अनन्त अम्बानी र राधिका मर्चान्टको विवाहको तयारी सुरु भइसकेको छ। सो समारोहको अहिले नै चर्चा सुरु भएको छ। अहिलेको यो तीन दिवसीय कार्यक्रममा पप स्टार रिहाना, पन्जाबी गायक दल जित दोसन्ज र बलिउडका अजय अतुल र अमेरिकी डेभिड ब्लेनको उपस्थितिले विशेष चर्चा पाएको हो।

अम्बानी मार्क जुकरबर्ग र बिल गेट्ससँगै संसारका धनाढ्यको कोटीमा तथा प्रभावमा पनि प्रतिस्पर्धा गरी रहेको समयमा विवाहमा लाग्ने खर्च संसारका सामु विशेष चासोको विषय बनेको हो। यो भन्दा पनि विशेष चासो विवाह टुङ्गो लगाइएको अथवा चलन चल्तीको भाषामा भन्ने हो भने टीका लगाइएको समयको पनि धेरै चर्चा भएको हो।

शनिबारदेखि सोमबारसम्म जमनगरमा तीन दिने कार्यक्रम भएको थियो। सो तीन दिने कार्यक्रममा संसारका नाम चलेका सेफहरू उपस्थित थिए। ५ सय डिस त्यसमा थिए। हजारौँ पाहुनाहरू बोलाइएका थिए। यसरी बोलाइने पाहुनामा कला क्षेत्रमा मात्र नभई अन्य प्रबुद्ध व्यक्ति, खेल क्षेत्रका स्टार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का समेत थिइन्।

अम्बानी मार्क जुकरबर्ग र बिल गेट्ससँगै संसारका धनाढ्यको कोटीमा तथा प्रभावमा पनि प्रतिस्पर्धा गरी रहेको समयमा विवाहमा लाग्ने खर्च संसारका सामु विशेष चासोको विषय बनेको हो।

गुजरातको स्थानीय एयरपोर्टलाई समेत अस्थायी रूपमा अन्तर्राष्ट्रिय एयरपोर्टको मान्यता दिइएको थियो। एक सय ३० वटा फ्लाइट त्यहाँ पुगेको अनुमान छ। समारोह भइरहेको स्थानको नजिकै रहेको एउटा लक्जरी टेन्टमा पाहुना बसेका थिए। सोही स्थानमा कपाल काट्ने तथा मेकअप आर्टिस्टसमेत झिकाइएका थिए। यो विवाहको कुल खर्च कत्ति हुने हो भन्ने हिसाब सम्पन्न भएपछि नै थाहा हुनेछ। सत्य के हो भने यो विवाह अत्यन्त महंगो र खर्चालु हुनेछ। सन् २०१८ मा अनन्तको दिदीको पनि विवाह भएको थियो। सो विवाहको खर्चलाई यस खर्चले उछिन्ने छ।

इसा अम्बानी र अनन्त पिरामलको विवाहमा ७ अर्ब भारतीय रुपियाँ खर्च भएको जनाइएको थियो। उनको विवाहको समारोह भारतको उदयपुर, इटालीको लेक कम्पो तथा मुम्बईमा रहेको अम्बानीको घरमा आयोजना गरिएको थियो। विवाहको कार्ड समेत झकिझकाउ ढङ्गले तयार गरिएको थियो। विवाहमा सलमान खानदेखि प्रियङ्का चोपरासम्म पुगेका थिए। त्यहाँ जान नभ्याउने कलाकारका लागि मुम्बईमा अर्को भोजको आयोजना गरिएको थियो। रणवीर सिंह, दीपिका पादुकोण र साहरुख खान मात्र होइन अमिताभ बच्चन र हिलारी क्लीन्टनसमेत त्यसै भोजमा पुगेका थिए।

सुशान्त राव र सीमान्त रावोको विवाहमा पनि यसै गरी खर्च भएको थियो। पाँच दशमलव ५४ अर्ब भारतीय रुपैयाँ सो विवाहमा खर्च भएको थियो। भारतको नाम चलेका सहारा इन्डिया परिवारका संस्थापक राव परिवारका लागि सो विवाह विशेष प्रतिष्ठाको विषय बनेको थियो। यो खर्च भने दुई जोडीको विवाहको हो।

इसा अम्बानी र अनन्त पिरामलको विवाहमा ७ अर्ब भारतीय रुपियाँ खर्च भएको जनाइएको थियो। उनको विवाहको समारोह भारतको उदयपुर, इटालीको लेक कम्पो तथा मुम्बईमा रहेको अम्बानीको घरमा आयोजना गरिएको थियो।

सन् २००४ मा यो विवाह भएको हो। १० फेब्रुअरीका दिन सुसान्तोले रिचा बुजाको साथमा विवाह गरे भने सिमान्तोले चाँदनी टुरसँग विवाह गरेका थिए। सन् २००६ मा प्रिया सचदेव र विक्रम चदवालको विवाहको खर्च २० मिलियन अमेरिकी डलर भएको थियो। १० दिन चलेको विवाह समारोहमा संसारमा २६ देशमा पाहुना बोलाइएका थिए। विक्रम बैंकर हुने प्रिया नाम चलेकी मोडल हुन्।

सो विवाह पनि मुम्बई चादवल र उदयपुरमा भएको थियो। अमेरिकाका बिल क्लिन्टनदेखि मोडल प्याट्रिसिया भालाकोलीजसम्म बोलाइएका थिए। जन्तीको लस्कर नै आधा माइल लामो रहेको जनाइएको थियो। सबैभन्दा आश्चर्यको कुरा त त्यो लाइनमा नै धेरै नाम चलेका र सिद्ध हस्त व्यक्तित्व नै थिए। नेदरल्यान्ड, बैंकक र कलकत्ताबाट सो विवाहका लागि कुल ५० किलो फूल त्यहाँ लगिएको थियो। तीन हजार मैनबत्ती समेत बालिएका थिए। त्यो महंगो विवाह गरेका जोडी लामो समय भने टिकेन। पाँच वर्षपछि नै उनीहरू एक आपसमा छुट्टिएका थिए।

स्पेनकी युवराज फिलिप र लेइटिजा ओसलीज रोकासोलानाको विवाहमा भएको खर्चको यकिन छैन। तथापि २८ देखि ५४ मिलियन अमेरिकी डलर खर्च भएको अनुमान छ।

सन् २००२ मा तेल विस्फोटको घटना सनसनीपूर्ण भएको थियो। सोही घटनाको सनसनीपूर्ण समाचार पछि न्युज एंकर तथा सञ्चारकर्मी लेइटिजाको चर्चा सुरु भएको थियो। यो समाचार नै युवराज फिलिपसँग विवाह तय गर्ने मुख्य आधार तय भएको थियो।

२००४ मा युवराज र ती एंकर विवाह बन्धनमा बाँधिए। त्यस विवाहको सबै भन्दा महँगो खर्च भनेको सुहाज ज्वेलरीले तयार पारेको हिराको औँठी हो।

स्पेनकी युवराज फिलिप र लेइटिजा ओसलीज रोकासोलानाको विवाहमा भएको खर्चको यकिन छैन। तथापि २८ देखि ५४ मिलियन अमेरिकी डलर खर्च भएको अनुमान छ।

मोनाकोका युवराज अल्बर्ट, वेल्सका युवराज चाल्र्स, स्विडेनकी युवराज्ञी भिक्टोरिया लगायतको उपस्थिति रहेको थियो। मानुएल पर्टेगाजले तयार गरेको लुगाको मूल्य मात्र आठ मिलियन अमेरिकी डलर थियो।

बेलायतका युवराज विलियमले नौ वर्ष लामो प्रेम सम्बन्धलाई सन् २०११ मा विवाहमा परिणत गरेका थिए। अप्रिल महिनामा भएको सो विवाहमा संसारका एक हजार नौ सय जना पाहुना बोलाइएका थिए। सो समारोहको महँगी अहिले पनि चर्चाको विषय बनेको छ।

संसारमा हुने हरेक धनाढ्यको विवाहको चर्चा गर्न कठिन छ। खर्चको यकिन गर्न पनि सकस हुन्छ। बाहिर समाचारमा आए जत्ति नै खर्च नभएको हुनसक्छ। परन्तु समाचारमा चर्चा भएका मध्य महँगा विवाहको कोटीमा रुसका ऊर्जा व्यापारीकी छोरी २२ वर्षीया लोलीटा ओसटानोभाको २९ वर्षीय गास्पर आल्डोलायनसँग भएको विवाह अहिले पनि सम्झने गरिन्छ। सो विवाह सन् २०१७ मा भएको थियो।
सन् २०१३ मा बास्केटबल स्टार माइकल जोर्डनले मोडेल एभेटो प्रेटोसँग विवाह गरेका थिए। सो विवाह अहिले पनि चर्चामा छ।

संसारमा हुने हरेक धनाढ्यको विवाहको चर्चा गर्न कठिन छ। खर्चको यकिन गर्न पनि सकस हुन्छ। बाहिर समाचारमा आए जत्ति नै खर्च नभएको हुनसक्छ।

सन् १९७९ मा दुबईमा सेख मोहम्मद बिन रसिदले त आफ्नै काकाकी छोरी हिन्द बिन्द माआतोमसँग विवाह गरेका थिए। सो विवाह संसारको महँगो विवाहको रूपमा चित्रण गर्नेको कमी छैन। त्यसो त लेडी डायना र युवराज चाल्र्सले सन् १९८१ मा गरेको विवाहको चर्चा अहिलेसम्म हुने गरेको छ।

संसारका महँगा र बढी विलासी जीवन देखिएका यी विवाहपछि अम्बानी परिवारको यो विवाहको पूर्ण रूप अझ देखिन बाँकी नै छ। सायद सबै भन्दा भड्किलो विवाहको रूपमा यो लामो समय कीर्तिमान राख्ने किसिमको पनि हुन सक्नेछ।
स्रोतः प्रेस्टिज अनलाइन, द नेसनल न्युज, बिबिसी

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ४० बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।