भक्तपुरको कोरियामैत्री अस्पतालमा ब्लड बैंक स्थापना हुने | Khabarhub Khabarhub

भक्तपुरको कोरियामैत्री अस्पतालमा ब्लड बैंक स्थापना हुने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक (रक्तसञ्चार केन्द्र)  स्थापना गरिने भएको छ ।

त्यसका लागि नगरपालिका अस्पताल प्रशासन र लायन्स क्लबबीच सम्झौता भएको छ । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लबका प्रतिनिधि दीपक प्रजापति र अस्पतालको तर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे । अस्पताल मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित छ । 

मध्यपुर थिमी नगरपालिका र लायन्स क्लबको संयुक्त लगानीमा ब्लड बैंक स्थापना गर्ने सम्झौता भएको हो । यसका लागि एक लाख डलर आवश्यक पर्ने लागत इष्टमेट गरिएको छ । यो रकम लायन्स क्लबबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत लगानी गर्ने जनाएको छ । ब्लड बैंकको भौतिक पूर्वाधार नगरपालिकाले तयार गर्नुका साथै आवश्यक कर्मचारी पनि नगरपालिकाले ब्यहोर्ने गरी सम्झौता भएको हो ।

त्रिभुवन विश्वविद्यालय र लायन्स क्लब अफ नेपालको सहकार्यमा स्थापना भएको रक्तसन्चार केन्द्रसङ्ग मध्यपुर थिमी नगरपालिकाले सहकार्य गर्ने गरी कार्यक्रमबीच नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सम्झौता भएको हो ।

 कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रूपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ब्लड बैंकको स्थापनापछि मध्यपुर थिमी नगरपालिकामा रक्तसञ्चारमा धेरै सहज हुने विश्वास गरिएको छ । यसले रगतको लागि भौतारिनुपर्ने अवस्थाको अन्त हुने विश्वास नगरपालिकाको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ५१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका