बालुवाटारबाट माधव नेपाललाई केपी ओलीको फोन « Khabarhub

बालुवाटारबाट माधव नेपाललाई केपी ओलीको फोन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुगेका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् । 

एमालेलाई विभाजित गरेको भन्दै सार्वजनिकरूपमै आक्रोश व्यक्त गर्दै आएका अध्यक्ष ओली र अध्यक्ष नेपालबीच एउटै मञ्चमा हुँदासमेत नदेखेकोजस्तो गर्ने गरेका थिए । तर, यो अवस्थालाई अन्त्य गर्दै अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

सोमबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेका हुन् । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरूले एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरे ।

उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराएका थिए । आफू आउन नसकेको भन्दै ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गरे । 

जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ४५ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो