बालुवाटारबाट माधव नेपाललाई केपी ओलीको फोन « Khabarhub

बालुवाटारबाट माधव नेपाललाई केपी ओलीको फोन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुगेका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् । 

एमालेलाई विभाजित गरेको भन्दै सार्वजनिकरूपमै आक्रोश व्यक्त गर्दै आएका अध्यक्ष ओली र अध्यक्ष नेपालबीच एउटै मञ्चमा हुँदासमेत नदेखेकोजस्तो गर्ने गरेका थिए । तर, यो अवस्थालाई अन्त्य गर्दै अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

सोमबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेका हुन् । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरूले एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरे ।

उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराएका थिए । आफू आउन नसकेको भन्दै ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गरे । 

जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको