एमाले–माओवादी गठबन्धनले प्रतिगमनलाई बल पुग्छ : जनमोर्चा « Khabarhub

एमाले–माओवादी गठबन्धनले प्रतिगमनलाई बल पुग्छ : जनमोर्चा


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एमाले–माओवादीसमेत मिलेर बनेको चारदलीय गठबन्धनको विपक्षमा उभिएका छन् । नयाँ गठबन्धनले प्रतिगमनलाई बल पुग्ने भन्दै केसीले यसको विरोध गरेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपाको चारदलीय गठबन्धन बनेको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चा अध्यक्ष केसीले भनेका छन्, ‘प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनको विघटन भएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । … प्रतिगमनका विरुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको गठबन्धनलाई विघटन गराउने कार्यको हाम्रो दलले तीब्र विरोध र आलोचना गर्दछ । गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ ।’

कांग्रेस र माओवादीसमेतको गठबन्धनले विगतमा प्रतिगमनलाई परास्त गर्न महत्वपपूर्ण भूमिका खेलेको केसीको भनाइ छ ।

केसीले विज्ञप्तिमा भनेका छन्, ‘पूर्वगठबन्धनको विघटन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण भएको छ । यो बताइरहनुपर्ने आवश्यकता छैन कि विगतमा प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले प्रतिगमनलाई परास्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । प्रतिगमन विरुद्ध सङ्घर्षको दौरान नै त्यसको निर्माण भएको थियो ।’

वर्तमान सरकारले अपनाउने नीति र कार्यक्रमको आधारमा सरकारप्रति जनमोर्चाले आफ्नो नीति निर्धारित गर्ने केसीको भनाइ छ । उनले भनेका छन्, ‘आज देशमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध खतरा बढ्दै गएको हुनाले २०६२-६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिहरूको रक्षामा हाम्रो जोड हुनेछ । त्यसका साथै देशको राष्ट्रियताको अगाडि पनि गम्भीर रूपले खतरा बढ्दै गएको छ । यी सबै प्रश्नहरूका साथै जनजीविकाको सवालमा हाम्रो पार्टीले दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ ।’

प्रतिनिधिसभामा जनमोर्चाको एक सिट छ । यसअघि माओवादी–कांग्रेस गठबन्धनले जनमोर्चाबाट दुर्गा पौडेललाई मनोनितको कोटाबाट राष्ट्रियसभामा लैजाने सहमति गरेको थियो । पुरानो गठबन्धन भत्किएसँगै जनमोर्चाले राष्ट्रियसभा सदस्य पाउने सम्भावनासमेत अन्योलमा परेको छ ।

अझ जनमोर्चाले माओवादी–एमाले गठबन्धनलाई प्रतिगमनलाई बल पुर्‍याउने भनेपछि पूर्वसहमति थप धरापमा परेको छ ।

यसैवीच नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि एक वक्तव्य जारी गर्दै माओवादी–एमालेको नयाँ गठबन्धनले प्रतिगमनलाई बल पुर्‍याउने ठहर गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ४१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने