एमाले–माओवादी गठबन्धनले प्रतिगमनलाई बल पुग्छ : जनमोर्चा | Khabarhub Khabarhub

एमाले–माओवादी गठबन्धनले प्रतिगमनलाई बल पुग्छ : जनमोर्चा


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एमाले–माओवादीसमेत मिलेर बनेको चारदलीय गठबन्धनको विपक्षमा उभिएका छन् । नयाँ गठबन्धनले प्रतिगमनलाई बल पुग्ने भन्दै केसीले यसको विरोध गरेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपाको चारदलीय गठबन्धन बनेको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चा अध्यक्ष केसीले भनेका छन्, ‘प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनको विघटन भएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । … प्रतिगमनका विरुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको गठबन्धनलाई विघटन गराउने कार्यको हाम्रो दलले तीब्र विरोध र आलोचना गर्दछ । गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ ।’

कांग्रेस र माओवादीसमेतको गठबन्धनले विगतमा प्रतिगमनलाई परास्त गर्न महत्वपपूर्ण भूमिका खेलेको केसीको भनाइ छ ।

केसीले विज्ञप्तिमा भनेका छन्, ‘पूर्वगठबन्धनको विघटन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण भएको छ । यो बताइरहनुपर्ने आवश्यकता छैन कि विगतमा प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले प्रतिगमनलाई परास्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । प्रतिगमन विरुद्ध सङ्घर्षको दौरान नै त्यसको निर्माण भएको थियो ।’

वर्तमान सरकारले अपनाउने नीति र कार्यक्रमको आधारमा सरकारप्रति जनमोर्चाले आफ्नो नीति निर्धारित गर्ने केसीको भनाइ छ । उनले भनेका छन्, ‘आज देशमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध खतरा बढ्दै गएको हुनाले २०६२-६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिहरूको रक्षामा हाम्रो जोड हुनेछ । त्यसका साथै देशको राष्ट्रियताको अगाडि पनि गम्भीर रूपले खतरा बढ्दै गएको छ । यी सबै प्रश्नहरूका साथै जनजीविकाको सवालमा हाम्रो पार्टीले दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ ।’

प्रतिनिधिसभामा जनमोर्चाको एक सिट छ । यसअघि माओवादी–कांग्रेस गठबन्धनले जनमोर्चाबाट दुर्गा पौडेललाई मनोनितको कोटाबाट राष्ट्रियसभामा लैजाने सहमति गरेको थियो । पुरानो गठबन्धन भत्किएसँगै जनमोर्चाले राष्ट्रियसभा सदस्य पाउने सम्भावनासमेत अन्योलमा परेको छ ।

अझ जनमोर्चाले माओवादी–एमाले गठबन्धनलाई प्रतिगमनलाई बल पुर्‍याउने भनेपछि पूर्वसहमति थप धरापमा परेको छ ।

यसैवीच नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि एक वक्तव्य जारी गर्दै माओवादी–एमालेको नयाँ गठबन्धनले प्रतिगमनलाई बल पुर्‍याउने ठहर गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ४१ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय