नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य « Khabarhub

नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो ।

नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेख ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ । त्रिदेशीय सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यसयता लगातार दुई खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र