पालिकाको नामबाट ‘रङ्गेली’ फिल्म बनेकामा मेयर अग्रवाल खुसी « Khabarhub

पालिकाको नामबाट ‘रङ्गेली’ फिल्म बनेकामा मेयर अग्रवाल खुसी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवालले चलचित्र ‘र‌ङ्गेली’ लाई सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगपालिकाको नामबाट फिल्म बनेकाले खुसी व्यक्त गरेका छन् ।

मेयर अग्रवालले फागुन २५ गते प्रदर्शनमा आउन सो फिल्मलाई सफलताका शुभकामना समेत दिएका छन् । उनले रङ्गेलीलाई फिल्मले चर्चामा ल्याएकाले निर्माण पक्षलाई धन्यवादसमेत दिए ।

केही दिन पहिले सोही नगरपालिकाको स्वीकृती पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डले प्रमाणपत्र नदिएको खबर मिडियामा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले पत्र बिना नै आइतबार यो चलचित्रलाई पीजी प्रमाणपत्र प्रदान गरेको छ ।

‘रङ्गेली’ मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् ।

यस्तो छ मेयरको भिडियो सन्देश-

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ४१ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,