महोत्तरीमा दादुरा रुबेलाविरुद्ध खोप सुरु « Khabarhub

महोत्तरीमा दादुरा रुबेलाविरुद्ध खोप सुरु


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो । यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन् ।

यसअघि यही फागुन १३ गतेदेखि सोमबारसम्म पहिलो चरणमा सात स्थानीय तहमा दादुरा र रुबेलाविरुद्धको खोप सञ्चालन गरिएको थियो । सो चरणमा जिल्ला सदरमुकाम जलेश्वरसहित लोहारपट्टि, मटिहानी र मनराशिशवा नगरपालिका तथा पिपरा, महोत्तरी र एकडारा गाउँपालिका सामेल रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरा रुबेला खोप नौ महिनादेखि १५ वर्ष उमेर समूहबीच दिइँदै छ । यो उमेर समूहका जिल्लामा दुई लाख ३० हजार नौ सय ८७ बालबालिका छन् । दुई चरणमा जनशक्ति खटाएर सञ्चालित अभियानमा सबैलाई खोप सेवा पुर्‍याउने लक्ष्य साथ काम गरिएको कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।

यसपालि महोत्तरीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटा स्थानीय तहमा दादुरा रुबेला खोप अभियानसँगै जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढेको स्वास्थ्य कार्यालयले जनाएको हो । जिल्लाका दुई स्थानीय तह पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् ।

यसपालि अहिले जारी दादुरा रुबेला खोप अभियानलाई सबैको पहुँचमा पुर्‍याएर जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढाइएको स्वास्थ्य कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक गुप्ताले बताइन् । जारी खोप अभियानमा दुवै चरणमा गरी नौ सय २४ खोप केन्द्र व्यवस्थित गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ०० बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको