टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजित « Khabarhub

टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजित


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो ।

नेदरल्याण्ड्सको जितमा माइकल लेभेटीले ५४ तथा सिब्राण्ड एंगलब्रेथले ४८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।

दिपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक/एक विकेट लिए । नेपालको हारमा बोहरा महंगो साबित भए । तीन ओभर बलिङ गरेका उनले एक विकेट लिँदा ३९ रन खर्चिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनायो । नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ०२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४