टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजित « Khabarhub

टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजित


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो ।

नेदरल्याण्ड्सको जितमा माइकल लेभेटीले ५४ तथा सिब्राण्ड एंगलब्रेथले ४८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।

दिपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक/एक विकेट लिए । नेपालको हारमा बोहरा महंगो साबित भए । तीन ओभर बलिङ गरेका उनले एक विकेट लिँदा ३९ रन खर्चिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनायो । नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ०२ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको