भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाएका छन् । हाल कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न उनले यस्तो गरेको  विश्लेषण गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा शहबाजलाई बधाई ।” भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् ।

सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन् । यद्यपि भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँ दिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ ।

वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य रूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गरेका थिए । त्यतिबेला उनी पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए । उनले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गरेका थिए र अन्य अधिकारीहरूसँग नयाँ दिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका थिए ।

हिन्दू राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री एवं सरिफका दाजु नवाजले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी