सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले बुधबार निर्णय लिने « Khabarhub

सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले बुधबार निर्णय लिने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ ।

नयाँ सत्ता समीकरणको सहभागी हुन प्रस्ताव आएपछि समाजवादीले बैठक बोलाएको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अहिले पार्टी सरकारमा जाने या नजाने प्रमुख विषय नभएको बताउँछन् । उनले खबरहबलाई भने, ‘पार्टी बैठक बसेर औपचारिक प्रस्ताव भएको रहेछ भने सोच्ने कुरा हो । एजेन्डा मिलेन भने यत्तिकै सरकारमा गइँदैन ।’

बुधबार बस्ने बैठकले निर्णय गरेपश्चात् सरकारमा जाने नजाने टुङ्गो लाग्ने नेताहरूको भनाइ छ ।

बिहान एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई फोन गरेर गठबन्धनका सामेल हुन भनेको बुझिएको छ । माओवादीले त सरकारमा लाने निर्णय नै गरेको छ । पछिल्लो समय एकीकृत समाजवादी र प्रधानमन्त्री प्रचण्डको छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको