पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै « Khabarhub

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।

विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

२०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्कलन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले बताए ।

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य रु एक लाख २१ हजार र प्रतितोला चाँदीको मोल रु एक हजार ४१० कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ ।

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ । बडा दसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ११ बजे

‘विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसँग जुध्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक’

सर्वप्रथम त, कोप-३१ का लागि जलवायु पीडितबाट जलवायु नेतृत्वतर्फको रणनीतिक

पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

यमनमा साउदी नेतृत्वको गठबन्धनको आक्रमण, १७ जनाको मृत्यु 

यमन– यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा दुई दिनभित्र

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू)

काठमाडौं– उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र

पोखराले गुमायो आठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले