सकियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, प्रचण्डले दोस्रो पटक कुठराघात गरेको निष्कर्ष « Khabarhub

सकियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, प्रचण्डले दोस्रो पटक कुठराघात गरेको निष्कर्ष


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकमा पछिल्लो समय विकसित घटनाक्रमबारे छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको म्यान्डेटलाई दोस्रोपटक गम्भीर कुठराघात गरेको निष्कर्ष निकालेको उनको भनाइ छ ।

बैठकले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने र विपक्षमा बस्ने पनि निर्णय गरेको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्णयले मुलुकलाई थप अस्थीरता तर्फ लगेको र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा ढकेलेको बैठकको निष्कर्ष रहेको उनको भनाइ छ ।

उनले कांग्रेससँगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरु कपोकल्पित भएको जिकिर गरे । गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धता विपरित रहेको उनको भनाइ छ ।

कांग्रेसका कारण गठबन्धन परिवर्तन नभएको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : ४२ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप