भारतीय र जापानी सेनाले गरे संयुक्त सैन्य अभ्यास « Khabarhub

भारतीय र जापानी सेनाले गरे संयुक्त सैन्य अभ्यास


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र जापानबीच संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । जापानी र भारतीय सैनिकहरुले राजस्थानमा संयुक्त सैन्य अभ्यास गरेका हुन् ।

भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत् यसबारे जानकारी दिएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार अभ्यासमा भारतीय स्थल सेना र जापानी स्थल आत्मरक्षा बलका सैनिकहरुको सहभागिता थियो ।

धर्म गार्जियन अभ्यास – २०२४ नाम दिइएको यस अभ्यासमा सैनिकहरुले सैन्य अवरोध र व्यवधानलाई परास्त गर्नेबारे प्रशिक्षण लिएको एएनआईले उल्लेख गरेको छ । यस अभ्यासबाट भारत र जापानबीच कायम सैन्य सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरिएको छ ।

अभ्यासलाई जापानी स्थल प्रतिरक्षा बलको पूर्वी फौजका कमाण्डिङ जनरलको जिम्मेवारीमा रहेका लेफ्टिनेन्ट जनरल टोगाशी युइचीले पनि निरीक्षण गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ५८ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको