फिल्म ‘काँडेतार’को प्रिमियर : ‘भारत विरोधी होइन, नेपाल पक्षीय’ (तस्बिरहरु) « Khabarhub

फिल्म ‘काँडेतार’को प्रिमियर : ‘भारत विरोधी होइन, नेपाल पक्षीय’ (तस्बिरहरु)


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक नवल खड्काको निर्देशन र लेखन रहेको फिल्म ‘काँडेतार’को मंगलबार प्रिमियर शो सम्पन्न भएको छ । जमलस्थित एक सिनेमा हलमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, चलचित्रकर्मी र सामाजिक अभियन्ताको बाक्लो उपस्थिति थियो ।

सिनेमा हलमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली, अधिवक्ता स्वागत नेपाल, डा. सुरेन्द्र केसी, गायिका अञ्जु पन्तलगायतको उपस्थिति थियो ।

फिल्मले खुला सिमानाका कारण भारतीय पक्षबाट सीमामा बस्ने नेपालीले भोग्नु परेको ज्यादतीको विषय उठान गरेको छ । फिल्ममा युवा पुस्तामाझ हराउँदै गएको देश प्रेम, सहरका युवामा सीमाका नेपालीले भोगेको सास्तीबारेको अज्ञानता र युवामा राष्ट्र प्रेम जाग्दा मुलुकमा देखिने परिवर्तन देखाइएको छ ।

फिल्ममा नायक नवल खड्काको भरपुर ‘एक्सन’ देख्न सकिन्छ । सेन्सरका कारण केही संवाद ‘म्युट’ हुँदा फिल्मलाई केही क्षति पुगेको भने धेरैलाई अवश्य नै महसुस हुन्छ ।

‘सीमामा काँडेतार लगाउनुपर्छ’ भन्ने विषय उठान गरेकाले केहीले भारतविरोधी फिल्म बनेको भनेर ‘बाइकट’ अभियान चलाएको थिए ।

प्रिमियर पश्चात फिल्म नेपालीले सहनु परेको ज्यादती केन्द्रित रहेको र भारतीय पक्षले आपत्ति जनाउने कुनै स्थान नरहेको धेरैको प्रतिक्रिया छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्मले वास्तविक कथा उठान गरेको र सो फिल्मलाई सहुलियताका साथ प्रदर्शनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए । उनले खबरहबसँग भने, ‘यो नेपाल पक्षीय फिल्म हो । फिल्मले भारतीय र नेपालीबीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने सन्देश दिन्छ । यो भारतका अपराधीका विरुद्धमा चाहिँ छ ।’

 

साथै नेता खनालले कलाकारहरुले देश प्रेमको भावना उमाल्न सक्ने गरी पर्दामा मिहनेत गरेको प्रतिक्रिया दिए ।

त्यस्तै, अधिवक्ता स्वागत नेपालले फिल्मले राष्ट्रघाती सन्धि–सम्झौता र विदेशीसँग देशको हित विपरीत मिल्ने नेतालाई मृत्युदण्डको सजाय दिनुपर्छ सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए । उनले थपे, ‘यो फिल्म नेपालका सबै विश्वविद्यालयमा सरकारले आफैँ देखाउनुपर्ने फिल्म हो ।’

सीमाविद् बुद्धिनारायण श्रेष्ठले जङ्गे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार नै आवश्यक रहेको सन्देश फिल्मले दिने प्रतिक्रिया दिए । सीमामा काँडेतारको आवश्यकता बारे फिल्म हेरेपछि प्रष्ट हुने उनले बताए ।

फागुन २५ बाट प्रदर्शनमा आउने फिल्ममा नवल खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रेम सुब्बालगायतको अभिनय रहेको छ ।

तस्बिरहरु-

तस्बिरहरु- चिरायु शाक्य

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन