फिल्म ‘काँडेतार’को प्रिमियर : ‘भारत विरोधी होइन, नेपाल पक्षीय’ (तस्बिरहरु) « Khabarhub

फिल्म ‘काँडेतार’को प्रिमियर : ‘भारत विरोधी होइन, नेपाल पक्षीय’ (तस्बिरहरु)


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक नवल खड्काको निर्देशन र लेखन रहेको फिल्म ‘काँडेतार’को मंगलबार प्रिमियर शो सम्पन्न भएको छ । जमलस्थित एक सिनेमा हलमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, चलचित्रकर्मी र सामाजिक अभियन्ताको बाक्लो उपस्थिति थियो ।

सिनेमा हलमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली, अधिवक्ता स्वागत नेपाल, डा. सुरेन्द्र केसी, गायिका अञ्जु पन्तलगायतको उपस्थिति थियो ।

फिल्मले खुला सिमानाका कारण भारतीय पक्षबाट सीमामा बस्ने नेपालीले भोग्नु परेको ज्यादतीको विषय उठान गरेको छ । फिल्ममा युवा पुस्तामाझ हराउँदै गएको देश प्रेम, सहरका युवामा सीमाका नेपालीले भोगेको सास्तीबारेको अज्ञानता र युवामा राष्ट्र प्रेम जाग्दा मुलुकमा देखिने परिवर्तन देखाइएको छ ।

फिल्ममा नायक नवल खड्काको भरपुर ‘एक्सन’ देख्न सकिन्छ । सेन्सरका कारण केही संवाद ‘म्युट’ हुँदा फिल्मलाई केही क्षति पुगेको भने धेरैलाई अवश्य नै महसुस हुन्छ ।

‘सीमामा काँडेतार लगाउनुपर्छ’ भन्ने विषय उठान गरेकाले केहीले भारतविरोधी फिल्म बनेको भनेर ‘बाइकट’ अभियान चलाएको थिए ।

प्रिमियर पश्चात फिल्म नेपालीले सहनु परेको ज्यादती केन्द्रित रहेको र भारतीय पक्षले आपत्ति जनाउने कुनै स्थान नरहेको धेरैको प्रतिक्रिया छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्मले वास्तविक कथा उठान गरेको र सो फिल्मलाई सहुलियताका साथ प्रदर्शनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए । उनले खबरहबसँग भने, ‘यो नेपाल पक्षीय फिल्म हो । फिल्मले भारतीय र नेपालीबीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने सन्देश दिन्छ । यो भारतका अपराधीका विरुद्धमा चाहिँ छ ।’

 

साथै नेता खनालले कलाकारहरुले देश प्रेमको भावना उमाल्न सक्ने गरी पर्दामा मिहनेत गरेको प्रतिक्रिया दिए ।

त्यस्तै, अधिवक्ता स्वागत नेपालले फिल्मले राष्ट्रघाती सन्धि–सम्झौता र विदेशीसँग देशको हित विपरीत मिल्ने नेतालाई मृत्युदण्डको सजाय दिनुपर्छ सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए । उनले थपे, ‘यो फिल्म नेपालका सबै विश्वविद्यालयमा सरकारले आफैँ देखाउनुपर्ने फिल्म हो ।’

सीमाविद् बुद्धिनारायण श्रेष्ठले जङ्गे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार नै आवश्यक रहेको सन्देश फिल्मले दिने प्रतिक्रिया दिए । सीमामा काँडेतारको आवश्यकता बारे फिल्म हेरेपछि प्रष्ट हुने उनले बताए ।

फागुन २५ बाट प्रदर्शनमा आउने फिल्ममा नवल खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रेम सुब्बालगायतको अभिनय रहेको छ ।

तस्बिरहरु-

तस्बिरहरु- चिरायु शाक्य

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज