कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी « Khabarhub

कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रन बनायो ।

एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर एक सय दुई रन मात्र बनायो । कोशीका लागि अङ्कीत सुवेदीले ४८, सुजन थपलियाले ३८, समिर कार्कीले २० र दिपेश कँडेलले १४ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चनराले दुई तथा प्रकाश जैँशी, उनिश ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दीपेन्द्र रावतले एक एक विकेट लिए ।

यस्तै कर्णालीका लागि एक सय दुई रन बनाउने क्रममा हिमांशु शाहीले ३४, दिनेश अधिकारीले ११ तथा दिवान पुनले १० रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादव र दिपेश कँडेलले तीन तीन तथा फिर्दोश अन्सारीले दुई विकेट लिए ।

यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ र खड्ग बोहराले ४१ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङ र सन्दीप क्षेत्रीले एक एक विकेट लिए । यस्तै गण्डकीका लागि एक सय ३२ रन बनाउने क्रममा दिपक डुम्रेले ४०, ईश्वर क्षेत्रीले १८, समिर कँडेलले १४, सन्दीप क्षेत्रीले १२, गोविन्द विकले ११ र दिनेश बुढामगरले १० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले तीन तथा शेर मल्ल, नरेन साउद र नारायण जोशीले दुई/दुई विकेट लिए । आगामी चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : २६ बजे

गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार

काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ गोरखा–१

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा