माधव नेपाल र लिङ्देनबीच भेटवार्ता « Khabarhub

माधव नेपाल र लिङ्देनबीच भेटवार्ता


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधवको निवासबाट बाहिरिएलगत्तै लिङ्देन प्रवेश गरेका हुन् । राप्रपाले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने बताइसकेको छ । यस्तो अवस्थामा लिङ्देन माधवलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राप्रपाका नेताहरूले भने अध्यक्ष नेपाल बिरामी भएपछि स्वास्थ्यलाभको कामना गर्न लिङ्देन गएका बताएका छन् ।

यसअघि माधव निवास कोटेश्वर पुगेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा सामेल हुन नेपाललाई आग्रह गरेका थिए । जवाफमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी गठबन्धनमा सामेल हुने र सरकारमा पनि सहभागि हुने बताएका थिए ।

भेटपछि एमाले अध्यक्ष ओलीले माधवसँगको वार्ता सकारात्म भएको जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ०३ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली