माधव नेपाल र लिङ्देनबीच भेटवार्ता « Khabarhub

माधव नेपाल र लिङ्देनबीच भेटवार्ता


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधवको निवासबाट बाहिरिएलगत्तै लिङ्देन प्रवेश गरेका हुन् । राप्रपाले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने बताइसकेको छ । यस्तो अवस्थामा लिङ्देन माधवलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राप्रपाका नेताहरूले भने अध्यक्ष नेपाल बिरामी भएपछि स्वास्थ्यलाभको कामना गर्न लिङ्देन गएका बताएका छन् ।

यसअघि माधव निवास कोटेश्वर पुगेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा सामेल हुन नेपाललाई आग्रह गरेका थिए । जवाफमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी गठबन्धनमा सामेल हुने र सरकारमा पनि सहभागि हुने बताएका थिए ।

भेटपछि एमाले अध्यक्ष ओलीले माधवसँगको वार्ता सकारात्म भएको जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ०३ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स