गाजामा जोर्डनले सहयोग सामग्री ढुवानी बढायो « Khabarhub

गाजामा जोर्डनले सहयोग सामग्री ढुवानी बढायो


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अम्मान । जोर्डन सशस्त्र बल–अरब सेनाले मङ्गलबार विभिन्न देशहरूसँगको सहकार्यमा द्वन्द्वग्रस्त गाजामा सहायता सामग्रीको ढुवानी बढाएको छ ।

उसले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पु-याएको छ । गाजापट्टीका बासिन्दाहरूलाई मानवीय सहायता पु¥याउने निरन्तर प्रयासको हिस्साका रूपमा रोयल जोर्डन एयर फोर्सका तीनवटा विमान, तीनवटा अमेरिकी विमान र एक–एक वटा इजिप्ट र फ्रान्सेली विमानद्वारा सहायता पु¥याइएको राज्यद्वारा सञ्चालित पेट्रा समाचार एजेन्सीले जनाएको छ ।

राहत र खाद्य सहायता सामग्री उत्तरी गाजाका थुप्रै स्थानहरूमा पु¥याइएको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सामग्री पनि त्यसमा समावेश रहेको पेट्राले उल्लेख गरेको छ ।

यस कदमलाई द्वन्द्वग्रस्त गाजापट्टीका बढ्दो इजरायली आक्रमणका कारण खाद्यान्न र औषधिको गम्भीर अभावको पूर्ति गर्न, थप चिकित्सा, राहत र खाद्य सहायता पठाउने जोर्डनको जारी प्रयासको रूपमा लिइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : १० बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म