आईपिएल : गुजरातमाथि पञ्जाबको रोचक जित « Khabarhub

आईपिएल : गुजरातमाथि पञ्जाबको रोचक जित


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि रोचक जित निकालेको छ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको २०० रनको चुनौती पञ्जाबले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको गुजरातका लागि कप्तान शुभमन गिलको सानदार प्रदर्शन गरे पनि त्यो जितका लागि पर्याप्त भएन। गिलको अर्धशतमा गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। कप्तान गिलले नटआउट सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए।

साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा नटआउट रहे।

पञ्जाबका कगिसो रबाडाले २ विकेट लिए भने हरप्रित बरार र हर्षल पटेलले १–१ विकेट हात पारे।

टस जितेर पहिलो फिल्डिङ रोजेको पञ्जाबले २०० रनको चुनौती १९ ओभर १ बलमा सात विकेटको क्षतिमा पूरा गरेको हो। पञ्जाबका लागि शशांक सिंहले नटआउट ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले २९ बलमा ६ चौका र ४ चौका प्रहार गरे।

प्रभसिमरन सिंह ३५, आशुतोष शर्मा ३१, जोनी बेयरस्टो २२, जितेश शर्मा १६, सिकन्दर रजा १५, श्याम कुराने ५ रन बनाउँदा कप्तान शिखर धवन १ रनमा आउट भए। उसका लागि हरप्रित बरार १ रनमा नटआउट रहे।

यो जितसँगै पञ्जाबले चार खेलमा चार अंक जोडेको छ। गुजरातको समेत समान खेलमा समान ४ अंक छ। रन रेटका आधारमा पञ्जाब ५औं स्थानमा छ भने गुजरात छैठौं स्थानमा छ।

आईपिएल अन्तर्गत शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल शुक्रबार साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ०० बजे

एमसीसीअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र