फ्रेन्डसिप कप : आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल « Khabarhub

फ्रेन्डसिप कप : आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा जारी त्रिकोणात्मक टी-२० फ्रेन्डसिप कपमा लगातार तीन खेल जितेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्न लागेको हो ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको हो । नेपालले शुक्रबार बरोडासँग खेल्न लागेको हो । यो खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।

बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बुधबार नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।


गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २(२ विकेट लिएका थिए । लिग चरणमा एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १८ बजे

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति