राति निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस्    « Khabarhub

राति निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस्   


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.6k
Shares
  • change font
  • change font
  • change font

दिनभरि थकानका बाबजुद पनि कतिपय मानिसलाई राति राम्ररी निन्द्रा लाग्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म निदाउन  नसक्दा मानिसलाई तनाव हुन्छ । र अनिन्द्राले स्वास्थ्यमा अरु नकारात्मक असर पनि पार्ने गर्छ ।  निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् ।

यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ ।
-सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब आफूलाई सहज हुने अवस्थासम्म सास रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् । यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ ।

रगतमा अक्सिजनको मात्रा बढ्छ र शरीरले आनन्द महसुस गर्छ र निन्द्रा लाग्छ ।  तनाव वा त्रासको स्थितिमा पनि यो अभ्यासले शरीर लाही शान्त बनाउँछ । यस अलावा उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो ।

– दिनभरीका कामहरूको चिन्ता लिन छोड्नुहोस् र आनन्द मनले सुत्ने गर्नुहोस् । 

-दिउसो सुत्ने बानी छ भने हटाउने,
– दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने,
-प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने,
– निद्रा नलागेको समयमा आफूलाई मन पर्ने गीतहरू सुन्दा मन आनन्दित हुन्छ र निदाउन सहज हुन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : २९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार