राति निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस्    « Khabarhub

राति निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस्   


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.6k
Shares
  • change font
  • change font
  • change font

दिनभरि थकानका बाबजुद पनि कतिपय मानिसलाई राति राम्ररी निन्द्रा लाग्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म निदाउन  नसक्दा मानिसलाई तनाव हुन्छ । र अनिन्द्राले स्वास्थ्यमा अरु नकारात्मक असर पनि पार्ने गर्छ ।  निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् ।

यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ ।
-सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब आफूलाई सहज हुने अवस्थासम्म सास रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् । यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ ।

रगतमा अक्सिजनको मात्रा बढ्छ र शरीरले आनन्द महसुस गर्छ र निन्द्रा लाग्छ ।  तनाव वा त्रासको स्थितिमा पनि यो अभ्यासले शरीर लाही शान्त बनाउँछ । यस अलावा उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो ।

– दिनभरीका कामहरूको चिन्ता लिन छोड्नुहोस् र आनन्द मनले सुत्ने गर्नुहोस् । 

-दिउसो सुत्ने बानी छ भने हटाउने,
– दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने,
-प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने,
– निद्रा नलागेको समयमा आफूलाई मन पर्ने गीतहरू सुन्दा मन आनन्दित हुन्छ र निदाउन सहज हुन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : २९ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा