आँखा शिविरमा नौ सय २७ जनाको उपचार « Khabarhub

आँखा शिविरमा नौ सय २७ जनाको उपचार


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा नौ सय २७ जनाको आँखाको चेकजाँच भएको हो ।

यही चैत ६ गतेदेखि सञ्चालन भएको शिविरमा तीन सय ८५ पुरुष र पाँच सय ४२ महिलाको आँखा परीक्षण गरिएको केन्द्रका नेत्र अधिकृत बुम बोहराले जानकारी दिनुभयो । गाउँघरमै पुगेर शिविर सञ्चालन गरेर मोतियाबिन्दु शल्यक्रिया छनोटका लागि आँखा चेकजाँच गरिएको उनले बताए। उनका अनुसार ८७ जनाको मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका छन् ।

मोतियाबिन्दु को गर्नुपर्नेमा ४९ महिला र ३८ पुरुष रहेका बोहराले जानकारी दिए। उनका अनुसार मोतियाबिन्दुको समस्या देखापरेका आँखाका बिरामीको यही चैत २७ देखि २९ गतेसम्म जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरिने छ । 

आँखा शिविर सिमकोट गाउँपालिकाको डाँडाफया स्वास्थ्यचौकी, स्याडा, चौगनफया, बरगाउँ, ठेहे स्वास्थ्य चौकी र कुम्ली सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको थियो । साथै खार्पुनाथ गाउँपालिकाको छिप्रा स्वास्थ्यचौकी, याङ्चु, लाली र रायाँ स्वास्थ्य चौकीमा सञ्चालन भएर सम्पन्न भएको नेत्र अधिकृत बोहराले बताए। 

उमेर बढ्दै जाँदा आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनुका साथै धुलो र धुवाँसँगै बिताउने जीवनशैलीले वृद्धवृद्धामा बढी मोतियाविन्दुको असर देखिने गरेको उनले बताए। बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नुलगायत कारणले मोतियाबिन्दुको समस्या देखिने गरेको बोहराको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा सिमकोट र जिल्ला आँखा उपचार केन्द्रको आयोजना तथा रेड्ली आँखा फाउन्डेसन र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक एवम् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले