कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने « Khabarhub

कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै  २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् ।

प्रा. डा.कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए ।

हाल माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्षे हो । यस्तै पीसीएल गरेपछि ३ वर्षे ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न पाइन्छ ।

त्यसैगरी विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २६ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन