गर्मी सुरु भएसँगै डेंगुको जोखिम बढ्दो, सचेतना बढाउन स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

गर्मी सुरु भएसँगै डेंगुको जोखिम बढ्दो, सचेतना बढाउन स्वास्थ्य मन्त्रालयको आग्रह


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेंगुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।

‘गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ । यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए ।

‘माघयता डेंगु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ’, डा दाहालले भने, ‘अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।’

उनका अनुसार डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ ।

डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १ : २८ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन