जेठमा १० : सिनेमा हलमा ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को प्रतिस्पर्धा | Khabarhub Khabarhub

जेठमा १० : सिनेमा हलमा ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को प्रतिस्पर्धा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिनेमा घरमा चलचित्र ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ जुध्ने भएका छन् । निर्माण पक्षले पुजार सार्की पनि जेठ १० गते प्रदर्शनमा लैजाने घोषणा गरेको हो ।

अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दन्भी’ले यसअघि नै प्रदर्शन मिति घोषणा गरेको थिए । ‘पुजार सार्की’का निर्देशकले दिनेश राउतले शुक्रबार आफ्नो फिल्म पनि सोही मितिमा प्रदर्शनमा ल्याउने घोषणा गरेका हुन् ।

यसरी तीन फिल्म एकै चोटी जुध्नुले तीनै पक्षलाई घाटा पुग्ने देखिन्छ । ‘पुजार सार्की’ पनि जेठ १० मै प्रदर्शनमा आउनुलाई निर्देशक राउत र निर्माता रोहित अधिकारीको मनमुटाब रहेको बुझिएको छ ।

फिल्म ‘२६ करोड’ निर्माणका विषयमा रोहित र राउतका विषयमा सम्बन्ध चिसिएको थियो । यस विषयमा राउतले ‘क्रिएटिभ’ विषयमा विवाद भएर फिल्मबाट बाहिरिएको बताउँदै आएका छन् ।

पुजार सार्की छायांकनमा जाँदादेखि नै राउत रोहितसँग बदला लिन ‘फर्की फर्की’सँग जुधाउने तयारीमा छन् भन्ने चर्चा बाहिरिएको थियो । राउतले भने आफ्नै ढंगले फिल्म प्रदर्शनमा ल्याउने स्पष्टीकरण दिँदै आएका थिए ।

अन्ततः चर्चा सत्य भएको छ । पुजार सार्की र फर्की फर्की एकसाथ हलमा लाग्ने भएका छन् । पूजाको दान्भीसहित यी तीन फिल्म प्रतिस्पर्धा रोचक हुने भएको छ ।

पुजार सार्कीमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको छ । फिल्ममा अनुबन्ध भएका नायकहरुकै कारण यो फिल्म चर्चामा छ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्म फर्की फर्कीमा अनमोल र जसिता गुरुङ मुख्य भूमिकामा छन् । रोहित अधिकारी र आमे अग्रवालको संयुक्त लगानीमा फिल्म निर्माण हुँदै छ ।

रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’मा पूजा नै प्रमुख भूमिकामा छिन् । यो फिल्ममा देव मगर र अनुप गडालको संयुक्त लगानीमा बन्ने बताइएको छ ।

त्यस्तै, विकास सुवेदीको लेखन रहेको ‘पुजार सार्की’ निर्माता विकास सुवेदी हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ५२ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल