ग्यास लिक भएर आगलागी हुँदा ६ लाख बढीको क्षति | Khabarhub Khabarhub

ग्यास लिक भएर आगलागी हुँदा ६ लाख बढीको क्षति


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

रौतहट– भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्यास लिक भएर एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौँको क्षति भएको हो । खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।

आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छन् । स्थानीय र प्रहरी चौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गर्मियाम सँगै हावाहुरी चल्न सुरु भए यता रौतहटमा आगलागी बाट झन्डै १ दर्जन घर जलेर लाखौँ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ११ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो