टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ « Khabarhub

टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईई खारेज गर्ने कि राख्ने भन्नेबारे मन्त्रालयले निर्णय नगर्ने बताएकी छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएकी हुन् । उनले राख्ने कि खारेज गर्ने भन्ने निर्णय विज्ञहरूले गर्नुपर्ने बताइन् ।

‘एसईई खारेज गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरूले भन्नुपर्छ । परीक्षालाई तनावको विषयभन्दा पनि कुन विद्यार्थीलाई कहाँ सहयोग चाहिएको छ भन्ने कोणबाट हेर्नुपर्छ । र, यो कुरा मन्त्रालयले होइन, विज्ञहरूले भन्नुपर्छ,’ उनले भनिन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा हुने गरेको दलीय राजनीतिकरण हटाउनमा निर्मम भएर लाग्ने पनि बताइन् । ‘टीयूमा दलीय राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लाग्ने हो । मैले भीसी सरसँग पनि कुराकानी गरिसकेको छु,’ उनले भनिन् । यस्तै उनले एडूकेसन कन्सल्टेन्सीहरूमा विकराल समस्या भएको बताइन् ।

‘कन्सल्टेन्सीहरू नवीकरणसमेत नहुने समस्या छन् । यसलाई मन्त्रालयले त हेर्छ नै, सँगै अरु मन्त्रालयहरूले पनि हेर्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर